३ लाख पुगेको सुनको भाउ आज घट्यो

३ लाख पुगेको सुनको भाउ आज घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।