काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनचाँदी र हिराका गहनासम्बन्धी कर तथा शुल्कमा परिवर्तन गरेपछि सुनको भाउ ह्वात्तै बढेको बुझिएको छ ।
नयाँ व्यवस्थाअनुसार सुनमा २० प्रतिशत, चाँदीमा २० प्रतिशत तथा हिरामा ५ प्रतिशत भन्सार दर कायम गरिएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया