बिहीबार सुनको मूल्य घट्यो

बिहीबार सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सयले ओरालो लागेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज १० रुपैयाँले उकालो लागेको छ । चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।