एकैदिन १० हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

एकैदिन १० हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्ययसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउपनि भारी घटेको छ । आज चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ घटेर ४६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।