काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ७९ हजार १ सय रुपयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर ४३२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया