काठमाण्डु – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज आइतबार भने ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको छ ।
महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७८ हजार १५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम गरेको छ । यस्तै, चाँदी प्रति १० ग्रामको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।




प्रतिक्रिया