बुधबार कति छ सुनको मूल्य ?


काठमाण्डु – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

तेजावी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement