काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय तोकिएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो । चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ले बढेको महासंघले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ तोकिएको छ ।




प्रतिक्रिया