११ सयले बढ्यो सुनचाँदीको मूल्य

११ सयले बढ्यो सुनचाँदीको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार (आज)  सुनचाँदीको मूल्य ११ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।