काठमाण्डु – इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आईओई), थापाथली क्याम्पसले आफ्नो ५६औँ बर्षिक समारोहका शुभ अवसरमा आफ्नै क्याम्पस प्रांगणमा एक भब्य कार्यक्रमको आयोजना गरेको छ ।
आइतबार इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आईओई), थापाथली क्याम्पसले आफ्नो ५६औँ बर्षिक समारोह समापन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममार्फत बिसं. २०७३ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत आयोजित इञ्जिनियरिंग संकायको परिक्षामा इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसकी स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल रितिशा गौतमलाई सम्मानित गरिएको छ ।
शैक्षिक उत्कृष्टता प्रदर्शित गर्दै इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसकी स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल उनलाई “श्री शंकर लाल अग्रवाल स्वर्ण पदक बिसं. २०७८”का साथै नगद रु. ५१ हजार पुरस्कारका साथ सम्मानित गरिएको हो ।
शिक्षा मन्त्री देबेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशेष अतिथीका रुपमा शंकर गु्रपका महा प्रबन्धक सेल्स एण्ड मार्केटिङ श्री मनोज तीवारीका साथै ईन्ष्टिच्युट अफ इञ्जिनियरिंग, थापाथली क्याम्पसका क्याम्पस प्रमुख श्री जनार्दन भट्ट लगायतको गरिमामय उपस्थिती रहेको थियो ।




प्रतिक्रिया