काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५०० ले उकालो लागेको छ ।
मङ्गलबार प्रतितोला ९२ हजारमा कारोवार भएको छापावाला सुन आज तोलामा ५०० ले उकालो लागेर ९२ हजार ५०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मङ्गलबार तोलामा ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा तोलामा १५ रुपैयाँले ले वृद्धि भई तोलामा एक हजार २६० का कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार चाँदी एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो ।




प्रतिक्रिया