एकैपटक १७ सयले घट्यो सुनको मूल्य

एकैपटक १७ सयले घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । आज मंगलबार तोलामा नै सुन एक हजार ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार भइहरेको छ । हिजो सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।