सुनको मूल्य आकाशियो, प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

सुनको मूल्य आकाशियो, प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार २ हजार ५ सयले बढेर एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँमा निर्धारण भएको छ ।