काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले ओरालो लागेको छ ।
सोमबार प्रतितोला ९५ हजार २०० मा कारोवार भएको छापावाला सुन आज मंगलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको छ । यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला एक हजार ३२० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३१५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया