काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १०० ले बढेको छ । बुधबार प्रतितोला ९०० ले ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको हो ।
बुधबार प्रतितोला ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार १०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।
चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार २८० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया