काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० ले ओरालो लागेको छ ।
सोमबार प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको छापावाल सुन आज भने ८०० ले घटेर प्रतितोला ९४ हजार १०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला ८०० ले घटेर प्रतितोला ९३ हजार ६०० मा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर आज एक हजार ३०० मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया