प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ९४ हजार १०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार ५०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोेवार भएको तेजाबी सुन आज प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ । चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ३०० मा कारोवार भएको छ ।