सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?


काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९४ बजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ ।