काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा घटेको हो ।
बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको छापावाला सुन आज १३ ससयले घटेर प्रतितोला ९५ हजार ४०० मा कारारेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि प्रतितोला एक हजार ३०० ले नै घटेको छ । बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको तेजावी सुन आज ९४ हजार ९०० मा कारोवार भइरहेको छ ।
यस्तै चाँदी भने तोलामा १० रुपैयाँले ओरालो लागेको छ । प्रतितोला एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया