सुनको मूल्य एक लाख नजिक पुग्यो

सुनको मूल्य एक लाख नजिक पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । केही समयदेखि लगातार उकालो लागेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यले बताए ।