सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको मूल्य आइतबारदेखि भने घट्न थालेको हो ।

चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ ।