काठमाण्डु – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार २४ सय रुपैयाँले बढको हो ।
आज सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएके छ ।




प्रतिक्रिया