काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
बिहिबार ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढ्दै प्रतितोला ९८ हजार ६०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँ बढेर १,३५५ मा कारोबार भइरहेको छ ।
लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य यो साताको शुरुमै घटेको भए पनि विहिबारदेखि भने बढ्न थालेको छ । गत शुक्रबार (साउन २३) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।




प्रतिक्रिया