आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ९१ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ७०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोवार भएको थियो भने आज प्रतितोला ९० हजार २०० मा कारोवार भइरहेको छ ।
शुक्रबारको तुलनामा आज चाँदी १५ रुपैयाँले घटेर एक हजार १५० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।