सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० ले बढेर ९० हजार ५०० का कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० कायम भएको छ । यस्तै चाँदी प्रतितोला एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार १२० मा कारोवार भएको चाँदी आज तोलामा ३५ ले बढेको हो ।