काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले उकालो लागेको छ ।
आइतबार प्रतितोला ९४ हजार ३०० मा कारोवार भएको छापावाला सुन आज प्रतितोला ९५ हजार २०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ८५० ले वृद्धि भएको छ । आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९४ हजार ७०० मा कारोवार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार २८० मा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार ३२० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया