सुनको मूल्य घट्यो


काठमाडौं – निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजारमा आज प्रतितोलामा १०० रुपैयाँ कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मंगलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो ।

सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा रु ७०० वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०० घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४०० मा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५० मा खरीद बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement