काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।
सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार दुई सय रुपैयाँले घटेर तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी मंगलबार पनि तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।




प्रतिक्रिया