शुक्रबार सुनचाँदीको भाउ बढ्यो

शुक्रबार सुनचाँदीको भाउ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । पछिल्लो समय अस्थिर रहेको सुन चाँदीको भाउ शुक्रबार केही रुपैयाँले बढेको हो । तोलामा ६ सय रुपैयाँ बढेर सुन आज तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।