काठमाडौं – मंगलबार सुनको भाउ बढेको छ ।
सोमबार सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन तोलामा ७ सय रुपैयाँ बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । कोरोना भाइरसका कारण बजार अस्थिर भएकाले सुनको भाउ घट्ने बढ्ने भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया