बिहिबार सुनको मूल्य हालसम्मकै उच्च

बिहिबार सुनको मूल्य हालसम्मकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ९ सय रुपैयाले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।