काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६०० सय रुपैयाँ घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँ थियो ।




प्रतिक्रिया