सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बुधबारका लागि प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिनपछि बुधबार फेरि ३ सयले बढेको हो ।  सुनसँगै चाँदीको भाउ पनि थोरै बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर ८३० रुपैयाँ पुगेको छ ।