सुनको मूल्यले बनायो नयाँ कीर्तिमानी, ७३ हजार ५०० पुग्यो

सुनको मूल्यले बनायो नयाँ कीर्तिमानी, ७३ हजार ५०० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ७३ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भइरहेको छ ।