काठमाडौं – केहि समय पहिलेदेखि लगातार बढ्दै गइरहेको सुनको मूल्य मंगलबार घटेको छ ।
मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने मंगलबार स्थिर रहेको छ । चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।




प्रतिक्रिया