काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको सुन बुधबार तोलामा २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबारको तुलनामा ५ रुपैयाँले बढेर तोलामा ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया