सुनको भाउ इतिहासकै उच्च, ९१ हजार ३ सय पुग्यो

सुनको भाउ इतिहासकै उच्च, ९१ हजार ३ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य आजसम्मकै उच्च हो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९० हजार ८ सय ६० पुगेको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
.