काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यमा झिनो गिरावट आएको छ । बुधबारको तुलनामा सुन आज बिहीबार प्रतितोला १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा ९२ हजार १०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० मा कारोवार भएको थियो ।
त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा बुधबार एक हजार २५० मा कारोवार भएको चाँदी आज भने एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया