काठमाण्डु- सुनको मूल्यले आइतबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
आइतबार नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो । शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो ।
आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ । यता आज चाँदीको मूल्य तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया