सुनको भाउले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार प्रतितोला ५०० रुपैयाँले बढेसँगै सुनको भाउ हाल सम्मकै महङ्गो बनेको हो ।

शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।