तेस्रो दिन पनि बढ्यो सुनको भाउ, बन्यो इतिहासकै महङ्गो

तेस्रो दिन पनि बढ्यो सुनको भाउ, बन्यो इतिहासकै महङ्गो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लागातार उकालो लागेको सुनको भाउ आज तेस्रो दिन पनि बढेको छ ।बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।