काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।
सोमबार १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको । हिजो १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया