सुनको मूल्य बढ्यो, तोलाको कति?

सुनको मूल्य बढ्यो, तोलाको कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । प्रतितोलामा एक हजारले उकालो लागेर ९० हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८९ हजार ७०० मा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० कायम भएको छ । यता आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आइतबार चाँदी प्रतितोलामा २० ले उकालो लागेर १ हजार २०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।