काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा मंगलबार १९ सय रुपैयाँले बढेर सुनको भाउले कीर्तिमान कायम गरेको हो ।
हिजो १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर २ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।




प्रतिक्रिया