सुनको मूल्य एकैदिन ७ हजारले बढ्यो, प्रतितोला साढे २ लाखभन्दा माथि

सुनको मूल्य एकैदिन ७ हजारले बढ्यो, प्रतितोला साढे २ लाखभन्दा माथि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ७ हजार १०० रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला सुन २ लाख ५० हजार ९०० रुपैयाँ थियो।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। शुक्रबार एक तोला चाँदी ३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको थियो।