४ हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

४ हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।