काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा २ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४२ हजार ३०० कायम भएको छ।
मंगलबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५०० कायम भएको थियो।
सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा ६० रुपैयाँले महँगिएको छ। महासंघका अनुसार बुधबार प्रतितोला चाँदी ३ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




प्रतिक्रिया