१३ सयले घट्यो सुनको मूल्य

१३ सयले घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन शुक्रबार १३०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार १०० पुगेको छ। बिहीबार सोही परिमाणको चाँदी ३ हजार १८५मा खरिदबिक्री भएको थियो।