काठमाण्डु- कारोबार साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसअघि बिहीबार तोलामा २० हजार ५०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य शुक्रबार सोही मूल्य बराबरले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २० हजार ५०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० मा झरेको हो। बिहीबार प्रतितोला सुन ३ लाख ३९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको भाउ घटेसँगै चाँदी पनि ओरालो लागेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार एकतोला चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।




प्रतिक्रिया