एकैदिन ५ हजार ४००ले घट्यो सुनको मूल्य

एकैदिन ५ हजार ४००ले घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० पुगेको हो। बुधबार एक तोला सुन ३ लाख ७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेको छ। महासंघका अनुसार १४० रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो।